जनलहर बचत तथा ॠण सहकारी संस्था लि.

नेपाल सरकार सहकारी ऐन २०४८ बमोजिम २०६७ मा स्थापित जनलहर बचत तथा ऋण सहकारी संस्था लि. दर्ता नं. ३६८१/२०६७–०६८ नेपाल सरकारबाट बित्तिय कारोवार गर्न इजाजत प्राप्त संस्था हो । यस संस्थाको कार्यलय का.म.पा.७ अन्तर्गत चावहिल, बौद्धनाथ मार्गमा रहेको छ । यस संस्थाको व्यवस्थापनलाई सुचारु रुपले अगाडि बढाउनको लागि लामो समयसम्म वित्तीय संस्थाको साथसाथै अन्य क्षेत्रमा कार्य अनुभव हासिल गरिसक्नु भएका व्यक्तिहरु हुनुहुन्छ । व्यवसथपनका सबै पदाधिकारीहरु संस्थालाई कुनै पनि बेला सहज रुपमा समय दिन सकियोस भन्नका खातिर संस्थाबाट नजीकै स्थायी रुपमा बसोवास गर्दै आउनुभएको छ । संस्थालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नका लागि योग्य र अनुभवी कर्मचारीहरुको व्यवस्था गरिएको छ ।

हामीले दिने सेवाहरु

नगद डिपाेजिट तथा धिताे फुक्का सेवा (Cash Deposited & collateral released Service)

जनलहर बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरूले बैक तथा अन्य बित्तीय संस्थाहरूबाट ऋण लिइ फुक्का गरी हाम्राे…

बचतकाे सुविधा

हामी कसैले पनि एकैपटक पैसा कमाएर थुपार्न सकिन्न । यसकालागि हामीले दैनिक, मासिक कमाएकाे रकमकाे सानाे अंशमात्र नियमित…

ऋण सुविधा

संस्थाले आफ्ना सदस्यहरुकाे अनुकुल हुनेगरी विभिन्न प्रकारका ऋणहरु उपलव्ध गराउदै आएकोछ । सदस्यहरुले कुनै व्यवसाय शुरु गर्ने भएमा,…

संस्थाद्वारा प्रतिपादित बचत योजना र ब्याजदर

घर-घडेरी कर्जा (Home and Land Loan)

बैदेशिक राेजगारी कर्जा (Foreigner Employment Loan)

लघु कर्जा

बैक व्यालेन्स कर्जा तथा भिसा प्रकृया कर्जा (Bank Balance and Visa Processing Loan)

घर-घडेरी कर्जा भन्नाले घडेरी किनिसकेका सदस्यहरूलाई घर बनाउन र घडेरी नै नभएका सदस्यहरूलाई घडेरी किन्नकाे लागि प्रदान गरिने कर्जालाई घर-घडेरी कर्जा भनेर बुझिएकाेछ। याे कर्जा संस्थाले  ७ वर्षसम्मकाे लागि उपलव्ध गराउदै आएकाेछ । यस्ताे कर्जा संस्थाका जुनसुकै सदस्यहरूले पनि सरल र सहज तरिकाले पाउनेछन ।

बिशेषताहरूः

१. याे कर्जा संस्थाका सदस्यहरूले घर बनाउन या घडेरी किन्नकाे लागि प्रदान गरिने कर्जा हाे ।
२. याे कर्जा स्वदेश र विदेशमा बस्ने सदस्यहरूलाइ पनि प्रदान गरिनेछ ।
३. याे कर्जा हरेक महिना सांवा र ब्याज हिसाव गरी किस्ताबन्दीमा संस्थालाई मासिक रूपमा बुझाउनु पर्दछ ।
४. यो कर्जा सक्दो छिटो समयमा  उपलव्ध गराइनेछ ।
५. कर्जाकाे ब्याजदर १३-१६ प्रतिशत र ब्यवस्थापन शुल्क लाग्नेछ ।
६. नियमित किस्ता नआएमा संस्थाकाे नियमानुसार हर्जना लाग्नेछ ।
७. संस्थाकाे नियमानुसार ब्याजदर घटबढ हुन सक्नेछ ।
८. सदस्यहरूले संस्थाका हरेक नियमहरू पालना गर्नुपर्नेछ ।
९. कर्जा लिनकाे प्रकृया प्रावधानका लागि यस संस्थाका फाेन 014564267, माेवाइल फाेन 9818117840 वा इमेलः [email protected]  मा सम्पर्क राख्रान सक्ख्नुहुनेछ ।

यस संस्थामा आवद्द शेयर सदस्यहरू र उनीहरूका उमेर पुगेका छाेरा छाेरी नाति नातिनाहरूलाइ जुनसुकै देशमा बैदेशिक राेजगारमा पठाउनकालागि याे कर्जा उपलव्ध गराउदै आएकाे छ । यसरी संस्थाले उपलव्ध गराउने कर्जाकाे सांवा र ब्याज समेतकाे हरेक किस्ता हरेक महिना संस्थालाइ तिर्नु पर्नेछ । संस्थाले कर्जा उपलव्ध गराउदा बार्षिक १६ प्रतिशत ब्याज र सेवाशुल्क लिने व्यवस्था गरेकाे छ । कर्जाकाे अवधि ३ वर्षसम्मकाे हुनेछ । यस्ताे कर्जाकाे नियमित मासिक किस्ता तिर्नुपर्नेछ र यदि कुनै सदस्यले केही महिनाकालगि ब्याजमात्र तिरी केही महिनपश्चात मासिक किस्ता तिर्ने व्यवस्था गरीदिन अनुराेध गरेमा संस्थाले साे काे पनि ब्यवस्था गरिदिन सक्नेछ तर बिदेश राेजगारमा जाने कर्ताले मासिक तवल पाउन थालेपछि किस्ता तिर्न शुरू गर्नुपदर्छ । । यस्ताे कर्जा लिनकाेलागि संस्थाका निम्नलिखित शर्त तथा बन्देज पालना गर्नुपर्नेछ ।

१. यो कर्जा विदेशमा काम गर्न जाने सदस्यहरु या सदस्यका छाेरा छाेरी नाति नातिना तथा आफन्तहरूका लािग मात्र हाे ।
२. यो कर्जा सक्दो छिटो समयमा  उपलव्ध गराइनेछ ।
३. यो कर्जाको सांवा र व्याज दुवै हिसाव गरी मासिक रुपमा बुझाउनु पर्नेछ ।
४. धिताे दिन नसक्ने सदस्य भएमा यस्ताे कर्जा सामूहिक जमानीमा पनि उपलव्ध गराउन सकिनेछ । सामुहिक जमानीमा कर्जा उपलव्ध गराउदा भने बिदेश राेजगारमा जाने ब्यक्तिकाे पारिवारिक आफन्त र संगै बिदेश राेजगारमा जाने साथीहरू समेत जमानी बस्नुपर्नेछ ।
५. कर्जाकाे ब्याजदर १६ प्रतिशत र ब्यवस्थापन शुल्क लाग्नेछ ।
६. नियमित किस्ता नआएमा संस्थाकाे नियमानुसार हर्जना लाग्नेछ ।
७. संस्थाकाे नियमानुसार ब्याजदर परिवर्तन हुनसक्नेछ ।
८. सदस्यहरूले संस्थाका हरेक नियमहरू पालना गर्नुपर्नेछ ।
९. कर्जा लिनकाेलागि यस संस्थाका फाेन 014564267, माेवाइल फाेन 9818117840 वा इमेलः [email protected] मा सम्पर्क राख्नुहाेला ।

धन्यवाद ।

लघुकर्जा भन्नाले छाेटाे समयका लागि दिने सानाे कर्जा हाे । याेे कर्जा विनाधिताे उपलव्ध गराइनेछ । यस्ताे कर्जा लिनकाे लागि यस संस्थाका सदस्यहरू मध्ये ४-५ जना सदस्य मिली एउटा समुह बनाउनु पर्दछ । समुह मध्येका एकजना सदस्यलाइ कर्जा चाहिएमा अरू सदस्यहरू जमानी बसेर याे कर्जा लिन सकिनेछ । तर यस्ताे कर्जा सम्वन्धित ऋणीले नतिरेमा जमानी बसेका जति सबै सदस्यले सामुहिक दामासायीले बराबरी हिसाव गरी संस्थालाई तिर्नुपर्ने हुन्छ । त्यतीखेरै फेरि अर्काे सदस्यलाई पनि ऋण चाहिएमा त्यसैगरी सबै जना समुहका सदस्यहरू जमानी बसेर ऋण लिन सक्नेछन । यस्ताे कर्जा लिंदा एकै पटक २,३ जनाले लिन नपाउने भन्ने हुदैन ।  ऋण लिनकाे निम्नलिखित शर्त बन्देजहरू पालना गर्नुपर्ने हुन्छ ।

१. यस्ताे ऋण ३ महिनादेखि २ वर्षसम्मकाे लागि उपलव्ध गराइनेछ ।
२. यस्ताे ऋणकाे लागि सदस्यहरूले समुह बनाउनुपर्नेछ ।
३. यस्ताे ऋणमा ऋणी एकजना जाे काेही भएपनि समुहका सदस्यले संस्थालाई तिर्नुपर्ने सम्वन्धमा समुहका जमानी       सदस्यहरूकाे बराबर हिस्सा हुनेछ ।
४. संस्थाले व्याज १६ प्रतिशत र व्यवस्थापन शुल्क लगाउनेछ  ।
५. किस्ता दैनिक या साप्तहिक या मासिक बुझाउनु पर्नेछ । नियमित किस्ता नबुझाएमा संस्थाले विलम्व शुल्क लगाउनेछ ।
६. ऋण लिने सदस्य एकजना भएपनि त्याे ऋण संस्थामा नियमित बुझाइरहेकाे छकि छैन भनेर सबै समुहका अन्य सदस्यहरूले  चासाे राख्नुपर्दछ ।
७.
८.

 

जनलहर बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरू तथा सदस्यका छाेराछाेरीहरू बिदेशमा पढन जान चाहेमा भिसाकाे आवश्यकता पर्दछ । यस्ताे बेलामा सदस्यले बैंकखातामा प्रयाप्त व्यालेन्स देखाउनु पर्दछ । संस्थाले सदस्यसंग प्रयाप्त बैंक व्यालेन्स  नभएमा खातामा रकम जम्मा गरी दिइ बैककाे काराेवार विवरण (statement) मा पर्याप्त माैजदाज (balance) देखाइदिने कार्य गर्छ र सम्मन्धित देशकाे निकायबाट भिसा प्राप्त  हुनेगर्गदछ । यसरी ब्यालेन्स देखाउनका लागि सदस्यहरूले संस्थासंग कर्जा लिनुपर्दछ । कर्जा सम्पुर्ण  प्रकृयाहरू पुरा गरी उपलव्ध गराइनेछ ।

  1. यो कर्जा विद्यार्थीहरुको भिसा पाउनकालागि, डकुमेन्टशनको लागि र बैक व्यालेन्स प्रयोजनका लागि हुनेछ ।
  2. कर्जाकाे व्याजदर १६ प्रतिशत र व्यवस्थापन शुल्क लाग्नेछ ।
  3. याे कर्जाकाे सांवा र ब्याज ३ महिनाकाे समय सीमा भएमा  मासिक ब्याज र  एकमुस्ट सांवा बुझाउन सकिनेछ । तर मासिक किस्ता तिर्न चाहने सदस्यहरूले नियमित किस्ता बुझाउन सक्नुहुनेछ ।
  4. ३ महिना भन्दा बढी समय कर्जा लिन चाहने सदस्यहरूले नियमित किस्ता बुझाउनुपर्नेछ ।
  5. मासिक किस्ता नियमित नवुझाएमा संस्थाकाे नियमाअनुसार हर्जना लाग्नेछ े ।
  6. सदस्यहरूलाई कर्जा सम्वन्धमा बुझनु परेमा ०१४४६४२६७ वा ९८५११९३४६१ मा सम्पर्क राख्न सक्नुहुनेछ ।
  7. सम्पर्ककाे लागि 9851193461, 9841886301, 014464267 email: [email protected] लाई सम्झनु हाेला ।

धन्यवाद ।