कञ्चनजंघा ब्वाइज होस्टेलः

कञ्चनजंघा ब्वाइज होस्टेलः

स्वदेशी तथा विदेशी विद्यार्थीहरुको साथै अन्य पेशामा संलग्न व्यक्तिहरुको लागि जो काठमाडौमा अझ भनौ जो चावहिल आसापास बसी अध्ययन, व्यापार, नोकरी गर्नुहुन्छ उहाहरुको आवास र भोजन सुविधाको लागि कञ्चनजंघा ब्वाइज होस्टेल नामक संस्था संचालन गरिएको छ । यो संस्था का.म.न.पा. वडा नं. ७ चावहिल, बौद्धनाथ मार्गमा चावहिल चोक र चुच्चेपाटीको ठीक बिचमा अवस्थित छ ।
होस्टेलमा जम्मा २० थान बेडको स्थापना गरिएको छ । एक रुममा २ बेड देखि ४ बेड सम्म मिलाएर राखिएको छ । हरेक बेडमा एक एक थान दराज उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।

 

एटाच्ड बाथरुम भएको प्रतिबेडको मुल्य रु ११०००/- सम्म कायम गरिएको छ भने नर्मल बेडको मूल्य प्रति बेड रु १०५००/- सम्म कायम गरिएको छ । यसको साथै भर्ना फि प्रति व्यक्ति रु २०००/- कायम गरिएको छ । खानामा बिहान कालो चियाको व्यवस्था गरिएको छ । ९ बजे देखि १० बजे सम्म बिहानको खाना तयार गरिन्छ । बेलुकी ७ बजेदेखि ८ बजेभित्र बेलुकीको खाना उपलव्ध गराइनेछ । अन्य सुविधाको हकमा भने २४ घण्टा वाइफाइको व्यवस्था मिलाइएकोछ । होस्टल भवन मेनरोडबाट २ घर पछाडि भएकोले अध्ययन गर्न मोटरध्वनी तथा सडकको आवजले कुनै अवरोधहरु आउदैन । रुमहरु सफा छन् । बिहनै जुरुक्क उठेर आरामले पारिलो घाम ताप्दै अध्ययन गर्न सकिन्छ । नुहाउन र कपडा धुलाइको लागि पानीको राम्रो व्यवस्था छ । तपाइको कपडा तपाइ आफैले धुनुपर्नेछ ।

 

कलेज अध्ययनरत विद्यार्थीहरु, स्कुल अध्ययनरत बिद्यार्थीहरु, भाषा अध्ययनरत विद्यार्थीहरु, नोकरी गर्ने सरकारी तथा निजी संस्थामा कार्यरत कर्मचारी, काठमाडौमा घुमफिरमा गर्न आउने विद्यार्थीहरुको सुविधाको लागि यो होस्टेल अति उपयोगी छ ।

 

बिद्यार्थीहरुले पालना गर्नुपर्ने सामान्य नियमहरु :

 

  • १. समयमानै चियापान र खाना खान आउनुपर्नेछ ।
  • २. गैरकानुनी काम गर्न पाइनेछैन ।
  • ३. रुमभित्र र अरुलाई असर गर्नेगरी धुम्रपान गर्न पाइनेछैन ।
  • ४. आफू बस्ने कोठा र बेड सफा राख्नुपर्नेछ ।
  • ५. दिउसो रुम सफा गर्नको लागि खाली गरिदिनुपर्नेछ ।
  • ६. आफुले तिर्नुपर्ने मासिक शुल्क अग्रिम बुझाउनुपर्नेछ ।
  • ७. रुममा हो–हल्लाह गर्न पाइनेछैन ।
  • ८. आफ्नो लागि ओड्ने कम्बल, सिरक र अन्य आवश्यक सामानहरु आफैले लिएर आउनुपर्नेछ ।
  • ९. होस्टेलले निर्देशन गरेको समयभित्र आइसक्नुपर्नेछ । कहिले काही ढिला हुने भएमा होस्टेलमा जानकारी गराउनुपर्नेछ ।
  • १०. आफ्नो कपडाहरुको सफा गर्ने व्यवस्था आफैले गर्नुपर्नेछ ।

 

सम्पर्कः
कञ्चनजंघा ब्वाइज होस्टेल
का.म.पा. ७, चावहिल ।
फोनः ९८१९२२२६७८ कल्पना खतिवडा
इमेलः [email protected]