अध्यक्षको भनाई

जनलहर बचत तथा ऋण सहकारी संस्थां बि.सं. २०६७ मा स्थापना भएको हो । यस संस्थाले संस्थालाई विश्वास र माया गरी संस्थामा नियमानुसार आवद्ध हुन चाहने महानुभावहरुलाई सदस्यता प्रदान गर्दै आएको छ । संस्थामा आवद्ध हुनलाई रु १००/- एकसयको १ कित्ता संस्थाको शेयर किन्नुपर्ने व्यवस्था गरिएको छ ।

संस्थाले सकेसम्मका सहयोगहरु आफ्ना सदस्यहरुलाई उपलव्ध गराउने छ जस्तो घर–घरमा गएर बचत संकलन गर्ने, सदस्यहरु कृषि, व्यापार, कुन क्षेत्रमा आवद्ध छन् त्यही क्षेत्रमा काम गर्न ऋण चाहिएमा सक्दो सरल व्याजमा ऋण उपलव्ध गराउने, सदस्य या उनीहरुका छोरा–छोरी विदेश जान परेमा बैक व्यालेन्स गरीदिने, डकुमेण्टेशन बनाइदिने, विभिन्न मुलुकमा रोजगारीमा जान चाहेमा आवश्यकता अनुसारको ऋण दिएर विदेश पठाइदिने काम गर्दै आएको छ । त्यसैगरी आफ्ना सदस्यहरुलाई कही कतै घुमफिर गर्नुपरेमा यातयातको व्यवस्था गराइदिने, बीमाको व्यवस्था गरीदिने जस्ता कार्यहरु पनि गर्दै आएकोछ ।

संस्थाले छिट्टै नै विभिन्न प्रकारका कोषहरु बनाइ आफ्ना सदस्यहरुलाई सेवा दिने लक्ष बनाएको छ जस्तो सदस्यको मृत्यु भएमा दिने सहयोग, गरीव तथा जेहन्दार विद्यार्थीलाई अध्ययन क्षेत्रमा दिइने सहयोग, ७० वर्ष काटेका बृद्धाहरुलाई दिइने आर्थिक सहयोग, सुत्केरी सहयोग, बाटोघाटो, मठमन्दिरमा गरिने मर्मत सम्हार, सफाइ जस्ता कार्यमा निरन्तर संस्थाले सक्दो सहयोग गर्ने लक्ष राखेको छ ।

हाम्रो जनलहर सहकारी संस्था अघि बढाउनको लागि, यसलाई बृहत बनाउनको लागि, यसलाई लोकप्रिय बनाउनको लागि तपाइ हाम्रो ठुलो भूमिका हुनुपर्दछ । हामी आफैले हाम्रो संस्थाको बिकास गर्ने हो र संस्थाको विकास भएपछि मात्र संस्थाले हाम्रो हित गर्दछ । त्यसैले हामी सबै संस्थामा आवद्ध सदस्यहरु मिलेर नियमित रुपमा बचत गरौ जसले गर्दा आजको हाम्रो बचतले भोलिका दिनहरुमा हामीले गर्न लागेका हरेक कार्यहरुलाई त्यही आज गर्दै गरेको बचतले पुरा गर्न सकियोस् । आजको बचतले भविष्यमा हाम्रा नानीहरुको शैक्षिक अध्ययन, विहेवारी, घर जग्गा खरीद, बुढेसकालको सहारा हुनसकोस् । हाम्रो बचतले भविष्यमा गरिने विभिन्न खाले कामहरुगर्दा अरुसग ऋण खोज्न जान नपरोस् ।

सहकारी भनेकै बचत हो, सहकारीको काम नै आफ्ना सदस्यहरुको कमाएपछि – खर्च गरी बाकी रहेको रकमलाई बचत गरीििदने हो । हो त्यही रकम हामीले सहकारी संस्थामा जम्मा गर्ने बानी बसाल्नुपर्छ । सहकारी संस्थाले तपाइको बचतलाई केही व्याज दिएर बढोत्तरी गरिरहेको हुन्छ । त्यो बचत रकम तपाइलाई जहिले आवश्यकता पर्दछ त्यही दिन निकालेर तपाइको ठुलो आवश्यकता पुरा गर्नु नै हाम्रा सहकारीको लक्ष हो ।

सहकारी भनेको एक जना दुई जनाले मात्र संचालन गरेर हुने कुरो होइन त्यसैले तपाइ जो हाम्रो संस्थामा आवद्ध हुन चाहनु हुन्छ भने हामीसंग सम्पर्क राख्नुहोला, सहकारी ऐन नियम अनुसार हामी तपाइलाई सदस्य बनाउनेछौ । तपाइले गर्न चाहनुभएको बचतको सही परिचालन गरिदिनेछौ । तपाइको र अहिले भइरहेका सदस्यहरुका समान अधिकार सहकारीमा हुनेछ ।
अन्तमा म यस संस्थाका सहकर्मी साथीहरुलाई हाम्रै वरिपरीका सदस्यहरु बढाउदै जाउ । हामीले कम्तिमा वर्षको १–१ जना मात्र नयां सदस्य बनाउन सकेको खण्डमा हामी अर्को वर्षमा २ गुना, चार गुना बृद्धि हुदै हाम्रो संस्थाको बढोत्तरी हुनेछ । संख्यामा मात्र बढोत्तरी नभइ हाम्रो संस्थाका आर्थिक अवस्था पनि २ गुणा, चार गुना बढोत्तरी हुदै जानेछ । हामी तत्कालिन सदस्यहरुले मात्र बचत गर्न खोजेर संस्था हाम्रो लक्ष अनुरुप चल्न सक्दैन त्यसैले सकेसम्म नयां सदस्यहरुलाई प्रवेश गराउनको लागि म हालका तत्कालिन सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछु ।

अध्यक्षको भनाई