बैदेशिक राेजगारी कर्जा (Foreigner Employment Loan)

बैदेशिक राेजगारी कर्जा (Foreigner Employment Loan)

बैदेशिक राेजगारी कर्जा (Foreigner Employment Loan)

संसारका जुनसुकै देशमा सदस्यहरू तथा उसका उमेर पुगेका नानी बाबुहरुलाई विदेशमा काम गर्न पठाउनकालागि सदस्यहरूलाई  संस्थाले ऋण प्रवाह गर्दैआएकाेछ । यस्ताे कर्जा विदेशमा काम प्राप्त गरेपश्चात हरेक महिना सांवा र ब्याज समेत संस्थालई  फिर्ता गर्नुपर्दछ ।

यस्ताे कर्जा उपलव्ध गराउदा बार्षिक १६ प्रतिशत ब्याज र सेवाशुल्क लिने व्यवस्था गरेकाे छ । कर्जाकाे अवधि ३ वर्षसम्मकाे हुनेछ । यस्ताे कर्जाकाे नियमित मासिक किस्ता तिर्नुपर्नेछ र यदि कुनै सदस्यले केही महिनाकालगि ब्याजमात्र तिरी केही महिनपश्चात मासिक किस्मुता तिर्ने व्यवस्था गरीदिन अनुराेध गरेमा ब्याजकाे दर अवस्था हेरी बढाइ संस्थाले कर्जा उपलव्ध गराउन सक्नेछ । यस्ताे कर्जा लिनकाेलागि संस्थाका निम्नलिखित शर्त तथा बन्देज पालना गर्नुपर्नेछ ।

१. यो कर्जा विदेशमा काम गर्न जाने सदस्यहरुलागि हाे ।
२. यो कर्जा सक्दो छिटो समयमा  उपलव्ध गराइनेछ ।
३. यो कर्जाको सांवा र व्याज दुवै हिसाव गरी मासिक रुपमा बुझाउनु पर्नेछ ।
४. धिताे दिन नसक्ने सदस्य भएमा यस्ताे कर्जा सामूहिक जमानीमा पनि उपलव्ध गराउन सकिनेछ ।
५. कर्जाकाे ब्याजदर १६ प्रतिशत र ब्यवस्थापन शुल्क लाग्नेछ ।
६. नियमित किस्ता नआएमा संस्थाकाे नियमानुसार हर्जना लाग्नेछ ।
७. संस्थाकाे नियमानुसार ब्याजदर परिवर्तन हुनसक्नेछ ।
८. सदस्यहरूले संस्थाका हरेक नियमहरू पालना गर्नुपर्नेछ ।
९. कर्जा लिनकाेलागि यस संस्थाका फाेन 014464267, माेवाइल फाेन 9818117840 वा इमेलः [email protected] मा सम्पर्क राख्नुहाेला ।

धन्यवाद ।