सवारी-साधन कर्जा (Vehicle Loan)

सवारी-साधन कर्जा (Vehicle Loan)

सवारी-साधन कर्जा (Vehicle Loan)

संस्थाका सदस्यहरूले निजी या ब्यवसायिक रूपमा ब्यवसाय चलाउनकाे लागि गाडीकर्जाकाे सुविधा उपव्ध गराएकाेछ । त्यसैगरी संस्थाले ब्यापारी वर्ग र अन्य सदस्यहरूलाइ ब्यापारकाे शिलशिलामा आवत जावतमा सजिल्याइका लागि माेटर साइकल तथा स्कुटीमा पनि लगानी गर्ने गरेकाे छ ।
संस्थाले लगानी गर्दा नयां गाडीमा सक्दाे प्राथमिकता दिनेछ भने ३-४ वर्षसम्म पुराना गाडीहरूलाइ पनि संस्थाले लगानी गर्नेछ तर यस्ता गाडीहरूकाे मुल्याङकन नया गाडीहरूकाे तुलनामा धेरै कम हुने गर्दछ । पुराना माेटरसाइकल र स्कुटीहरूलाई भने संस्थाले लगानी गर्नेछैन ।
यसरी गाडीमा लगानी गरी पाउन चाहने शेयर सदस्यहरूले निम्नलिखित शर्तहरूकाे पालना गर्नुपर्नेछ ।

  1. नयां गाडी कर्जाकाे अवधि १-७ वर्षसम्मकाे हुनेछ भने पुराना गाडीहरूलाई बढीमा ३ वर्षसम्म लगानी गरिनेछ । माेटरसाइकल र स्कुटीकाे भने १-२ वर्षसम्मकाे हुनेछ ।
  2.  गाडीकाे मुल्यकाे २५ प्रतिशत रकम खरीदकर्ताले संस्थामा जम्मा गर्नुपर्दछ भने ७५ प्रतिशत रकम संस्थाले उपलव्ध गराउनेछ ।
  3.  माेटरसाइकल तथा स्कुटीकाे लागि ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ ।
  4.  गाडीकाे ऋण चुक्ता नगरून्जेलसम्म गाडी संस्थाकाे नाममा रहनेछ ।
  5. ब्याजददर  ११-१५ प्रतिशतसम्म लगाइनेछ । थाेरै समयकालागि थाेरै ब्याजदर र धेरै समयकालागि अलिक बढी ब्याजदर लगाइनेछ ।
  6. सांवा र व्याज समेतकाे मासिक किस्ता बनाइनेछ ।
  7. नियमित किस्ता नियमित नआएमा हर्जना लगाइनेछ ।
  8. गाडी जाेसुकैले खरीद गरेपनि जमानी बस्ने अन्य सदस्य चाहिनेछ ।
  9. स्कुटीकाे जमानीमा नानी बाबुकाेलागि बुबा-आमा र अन्यका लागि श्रीमान-श्रीमति चाहिनेछ ।
  10. किस्ता नआएमा गाडी, माेटरसाइकल, स्कुटी संस्थाले तानेर राख्नेछ र लिलाम वा विक्री गरी ऋण असुली गर्नेछ ।
  11. कर्जा जतिसक्दाे छिटाे उपलव्ध गराइनेछ ।
  12. संस्थाकाे नियमानुसार व्यवस्थापन शुल्क लिइनेछ ।
  13. गाडी तथा दुइ पांग्रे सवारीकाे पुरा बीमा गर्नुपर्नेछ ।
  14. सदस्यहरूलाई कर्जा सम्वन्धमा बुझनु परेमा ०१४४६४२६७ वा ९८५११९३४६१/९८१८११७८४० मा सम्पर्क राख्न सक्नुहुनेछ । वा [email protected] मा ईमेल पठाउन सक्नुहुनेछ ।

धन्यवाद ।