सामूहिक जमानी कर्जा

सामूहिक जमानी कर्जा

सामूहिक जमानी कर्जा

सामुहिक जमानी कर्जा भन्नाले यस संस्थाका सदस्यले ऋण लिंदा २ वा साे भन्दा बढी यसै संस्थाका सदस्यहरूलाई जमानी राखेर सदस्यहरूले कर्जा उपलव्ध गर्न सक्नेछन । यस्ताे कर्जा लिनकाे लागि धिताे चाहिनेछैन । ऋणीले याे ऋण संस्थालाई ताेकिएकाे अवधिभित्र नबुझाएमा जमानी बस्ने शेयर सदस्यहरूले संस्थालाई तिर्नुपर्नेछ । यस्ताे ऋण लिनकाे लागि एकाघरकाे सदस्यहरूकाे पनि मञ्जुरी चाहिनेछ ।

१. सामूहिक जमानी कर्जा व्यापार व्यवशाय, घरायसी खर्च, व्यक्तिगत खर्च, वैदेशिक रोजगारी, खेतीपाती, शैक्षिक अध्ययन जस्ता शीर्षक अन्तर्गत सदस्यहरुलाई उपलव्ध गराइनेछ ।

२. यो कर्जाको अवधि ३ महिनादेखि १ वर्ष सम्मको हुनेछ ।

३. सांवा व्याज दुवै हिसाव गरी दैनिक या मासिक किस्ता संस्थालाई रुपमा बुझाउनु पर्नेछ ।

४. कर्जा लिनको लागि कम्तिमा २ जना जमानी बाहेक अन्य सदस्यहरु र श्रीमान–श्रीमती या बुबा–आमा या छोरा–छोरी मध्ये कोही जमानी बस्नुपर्नेछ ।

५. कर्जाकाे व्याजदर १६ प्रतिशत र व्यवस्थापन शुल्क लाग्नेछ ।

६. कर्जाकाे सांवा व्याज नियमित नबुझाएमा संस्थाले हर्जना लगाउनेछ ।

७. कर्जा दिने र नदिने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।

८. कर्जाकाे सम्वन्धमा अन्य जानकारी चाहिएका संस्थाकाे टेलिफाेन 014464267 वा सेल फाेन 9851193461 वा email: [email protected] मा सम्पर्क गर्न सकिनेछ ।