ऋण सुविधा

ऋण सुविधा

ऋण सुविधा

संस्थाले आफ्ना सदस्यहरुकाे अनुकुल हुनेगरी विभिन्न प्रकारका ऋणहरु उपलव्ध गराउदै आएकोछ । सदस्यहरुले कुनै व्यवसाय शुरु गर्ने भएमा, वा ब्यवसायमा थप लगानी गर्न, घर बनाउन, घर-घडेरी खरीद गर्न,  घरघरायसीकार्यका लागि, रितीरिवाज – संस्कार चलाउन, बिहे, ब्रतबन्ध गर्न, कृषि ब्यवसाय अन्तर्गत – खेतिपाति, पशुपालन गर्न, नानीहरूलाइ स्वदेश तथा बिदेशमा अध्ययन गर्न, बैदेशिक राेजगारमा जान जस्ता कार्यहरुकालागि संस्थाले सक्दाे सर्वसुलब ब्याजदरमा धिताे राखेर वा नराखी पनि ऋण उपलव्ध गराउदै आएकोछ । यस्ता ऋणकाे आवश्यकता परेकाे सदस्यहरूले निवेदन पेश गरेकाे केहिदिनमा नै  निम्नबमाेजिमका ऋणहरू उपलव्ध गराउने व्यवस्था मिलाइएकाेछ ।

नं.  कर्जाकाे नाम         ब्याजदर          समयवधि
१.  घरघडेरी कर्जा         १२-१५ %        ६ महिनादेखि ५ वर्षसम्म
२.  सवारीसाधन कर्जा   १२-१६%         ६ वर्षदेखि ५ वर्षसम्म
३.  बैदेशिक कर्जा         १३-१६%         ६ महिनादेखि २ वर्षसम्म
४. शैक्षिक कर्जा           १३-१६%          ६ महिनादेखि ५ वर्षसम्म
५.  ब्यापार कर्जा           १३-१६%        ३ महिनादेखि५ वर्षसम्म
६.  बैक ब्यालेन्स कर्जा  १६ %             १ हप्तादेखि ६ महिनासम्म
७.  घरघरायसी कर्जा    १३-१६%         १ महिनादेखि ३ वर्षसम्म
८.  कृषी कर्जा              १२-१४%         १ वर्षादेखि ५ वर्षसम्म
९.  मुद्दती कर्जा            थप २%            मुद्दतीकाे अवधिभर
१०. विविध कर्जा          १६ %               १ महिनादेखि ६ महिनासम्म