बचतकाे सुविधा

बचतकाे सुविधा

बचतकाे सुविधा

हामी कसैले पनि एकैपटक पैसा कमाएर थुपार्न सकिन्न । यसकालागि हामीले दैनिक, मासिक कमाएकाे रकमकाे सानाे अंशमात्र नियमित जम्मा गर्दै गयाै भने त्यही सानाे रकमले भविस्यमा आफ्नाे उमेर पाकाे हुदै जांदा जतिवेला कमाउन नसकिने बेलाकाे सहयाेगी साथी, घर बनाउन, जग्गा किन्न, छाेरा छाेरी पढाउन, बिहेगर्न, ब्रतवन्ध गर्न, चाडपर्व मनाउन, देश-बिदेश घुमफिर गर्न जतिबेला पनि पैसा चाहिन्छ । पैसा छैन भने हामी केही गर्न नसकि समाजमा अपहेलित समेत हुनसकिन्छ भने त्यस्ताे बेला आत्मवल समेत गिर्न जान्छ । यसरी जीवन जीउनका लागि र जीन्दगीभरी आइपर्ने सम्पुर्ण आवश्यकताहरू पुरा गर्नकाे लागि पैसाकाे आवश्यकता पर्दछ । यी सबै कुराहरूकाे स्थायी समाधान भनेकाे बचत गर्नु हाे । बचत गर्दा एकाितिर बिस्तारै आफनाे बचत बढदै जान्छ भने अर्काेतिर संस्थाले सकेसम्म बढी ब्याज दिने गर्दछ ।  यसरी बचत गर्दै जांदा एकमुस्ट बचतले आवश्यकता अनुरूप पैसा निकाली आफुले चाहेकाे काम सजिलै गर्न सकिन्छ । बचत गर्नकाे लागि संस्थाले बिभिन्न प्रकारका बचत याेजनाहरू ल्याएकाेछ । सदस्यहरूकाे हित र समयकाे उपयोगका लागि संस्थाले घर-घरमा, पसल, कार्यलयमा गएर बचत संकलन गर्ने काम गर्दै आएको छ । दिनहुं बचत गर्ने सदस्यहरुको घर या पसलमा हरेक दिन र दैनिक बचत गर्न नसक्ने सदस्यहरुको घर–पसल–कार्यलयबाट फोन गरी बोलाएमा संस्थाका कर्मचारीहरु बचत संकलन गर्न जाने व्यवस्था मिलाइएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई समयसापेक्ष निम्नलिखित ब्याजसहितकाे  बचत याेजनाहरू ल्याएकाेछ ।

१. साधारण बचत खाता
२. जनसाधारण बचत खाता
३. ब्यापारिक बचत खाता
४. मासिक बचत खाता
५. घरबेटी बचत खाता
६. जनलहर बिशेष बचत खाता
७. नारी बचत खाता
८. बाल बचत खाता
९. शैक्षिक बचत खाता
१०. टुर बचत खाता
११. जेस्ट नागरीक बचत खाता
१२. पर्व बचत खाता
१३. सञ्चयकाेष बचत खाता
१४. कर्मचारी बचत खाता
१५. लखपति बचत खाता
१६. आविधक बचत खाता