बैदेशिक राेजगारी कर्जा (Foreigner Employment Loan)

बैदेशिक राेजगारी कर्जा (Foreigner Employment Loan)

बैदेशिक राेजगारी कर्जा (Foreigner Employment Loan)

यस संस्थामा आवद्द शेयर सदस्यहरू र उनीहरूका उमेर पुगेका छाेरा छाेरी नाति नातिनाहरूलाइ जुनसुकै देशमा बैदेशिक राेजगारमा पठाउनकालागि याे कर्जा उपलव्ध गराउदै आएकाे छ । यसरी संस्थाले उपलव्ध गराउने कर्जाकाे सांवा र ब्याज समेतकाे हरेक किस्ता हरेक महिना संस्थालाइ तिर्नु पर्नेछ । संस्थाले कर्जा उपलव्ध गराउदा बार्षिक १६ प्रतिशत ब्याज र सेवाशुल्क लिने व्यवस्था गरेकाे छ । कर्जाकाे अवधि ३ वर्षसम्मकाे हुनेछ । यस्ताे कर्जाकाे नियमित मासिक किस्ता तिर्नुपर्नेछ र यदि कुनै सदस्यले केही महिनाकालगि ब्याजमात्र तिरी केही महिनपश्चात मासिक किस्ता तिर्ने व्यवस्था गरीदिन अनुराेध गरेमा संस्थाले साे काे पनि ब्यवस्था गरिदिन सक्नेछ तर बिदेश राेजगारमा जाने कर्ताले मासिक तवल पाउन थालेपछि किस्ता तिर्न शुरू गर्नुपदर्छ । । यस्ताे कर्जा लिनकाेलागि संस्थाका निम्नलिखित शर्त तथा बन्देज पालना गर्नुपर्नेछ ।

१. यो कर्जा विदेशमा काम गर्न जाने सदस्यहरु या सदस्यका छाेरा छाेरी नाति नातिना तथा आफन्तहरूका लािग मात्र हाे ।
२. यो कर्जा सक्दो छिटो समयमा  उपलव्ध गराइनेछ ।
३. यो कर्जाको सांवा र व्याज दुवै हिसाव गरी मासिक रुपमा बुझाउनु पर्नेछ ।
४. धिताे दिन नसक्ने सदस्य भएमा यस्ताे कर्जा सामूहिक जमानीमा पनि उपलव्ध गराउन सकिनेछ । सामुहिक जमानीमा कर्जा उपलव्ध गराउदा भने बिदेश राेजगारमा जाने ब्यक्तिकाे पारिवारिक आफन्त र संगै बिदेश राेजगारमा जाने साथीहरू समेत जमानी बस्नुपर्नेछ ।
५. कर्जाकाे ब्याजदर १६ प्रतिशत र ब्यवस्थापन शुल्क लाग्नेछ ।
६. नियमित किस्ता नआएमा संस्थाकाे नियमानुसार हर्जना लाग्नेछ ।
७. संस्थाकाे नियमानुसार ब्याजदर परिवर्तन हुनसक्नेछ ।
८. सदस्यहरूले संस्थाका हरेक नियमहरू पालना गर्नुपर्नेछ ।
९. कर्जा लिनकाेलागि यस संस्थाका फाेन 014564267, माेवाइल फाेन 9818117840 वा इमेलः [email protected] मा सम्पर्क राख्नुहाेला ।

धन्यवाद ।