जनलहर बचत तथा ऋण सहकारी संस्था लि. बाट कर्जा सापटी लिएर सम्पर्कमा नआउनुभएका सदस्यहरू तथा तिनका जमानीहरूलाई अत्यन्त जरूरी सूचना !!!

यस संस्थाबाट बिभिन्न शीर्षकमा कर्जा सापटी लिनुभएका सदस्यहरूलाई कर्जा चुक्ता गर्न संस्थाकाे कार्यलयमा आइदिन फाेनबाट, पत्रबाट, फेसबुक म्यसेन्जरबाट पटक पटक अनुराेध गर्दा अटेर गरी नआउनु भएकाले २०७९ साल असाेज मशान्तसम्म संस्थाकाे कार्यलयमा आइ सम्पर्क राख्नु हुन अनुराेध गरिन्छ । अन्यथा यस्ता ऋणीहरूकाे जनलहर बचत तथा ऋण सहकारी संस्था लि.काे फेसबुक मिडिया र वेभसाइटमा तीनपुस्ते नामावली, श्रीमान-श्रीमतीकाे नाम र फाेटाे प्रकाशित गरिनेछ ।

यसकाे साथै संस्थालाई कर्जा दिन प्राेत्साहन गर्ने, ऋणीले ऋण लैजाने बेलामा ऋणीले तिरेन भने म तिरीहाल्छु, तिर्न लगाउछु भनी माैखिक र लिखित सहमति गर्ने तर ऋणीले ऋण पाइसकेपछि त्याे रकम असुली प्रकृयाका लागि पहल गरीदिन संस्थाले अनुराेध गर्दा कुनै प्रतिक्रिया नदेखाउने जमानीहरूकाे पनि तीनपुस्ते नामावली, श्रीमान-श्रीमतीकाे नाम र फाेटाे प्रकाशित गरी फेसबुक मिडिया र वेभसाइडमा राखिनेछ ।

यसरी तीनपुस्ते नामावली, श्रीमान-श्रीमतीकाे नाम र फाेटाे प्रकाशित गर्दा कुनै ऋणी या जमानी कसैकाे मान-मर्दन र सामाजिक प्रतिस्टामा आंच आउन गएमा संस्था जवाफदेही नहुने समेत जानकारी गराइन्छ । ऋणी तथा धनजमानी दुवैले वास्ता नगरी सम्पर्कमा नआएमा संस्थाले कालाे सूचिमा नाम प्रकाशित गराइ ऋणी र जमानी दुवैलाई सहकारी नियम कानुन बमाेजिमकाे प्रकृया अगाडि बढाइ ऋणी या जमानीबाट कर्जा असुली गरिने ब्यहाेरा जानकारी गराइन्छ ।

जनलहर बचत तथा ऋण सहकारी संस्था लि.
का.म.पा. ७, चावहिल, काठमाडाै, नेपाल ।