संस्थाले आफ्ना सदस्यहरुलाई प्रदान गर्ने सुविधाहरुः

जनलहर बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुलाई विभिन्न प्रकारका सुविधा र सहुलियतहरु उपलव्ध गराउदै आएको छ । आगामी दिनहरुमा संस्थाले यस प्रकारका विभिन्न सेवहरु थप गर्दै जाने लक्ष लिएको छ ।

नगद डिपाेजिट तथा धिताे फुक्का सेवा (Cash Deposited & collateral released Service)

जनलहर बचत तथा ऋण सहकारी संस्था लि.का सदस्यहरूले बैक तथा अन्य बित्तीय संस्थाहरूबाट ऋण लिइ फुक्का गरी हाम्राे…

बचतकाे सुविधा

हामी कसैले पनि एकैपटक पैसा कमाएर थुपार्न सकिन्न । यसकालागि हामीले दैनिक, मासिक कमाएकाे रकमकाे सानाे अंशमात्र नियमित…

ऋण सुविधा

संस्थाले आफ्ना सदस्यहरुकाे अनुकुल हुनेगरी विभिन्न प्रकारका ऋणहरु उपलव्ध गराउदै आएकोछ । सदस्यहरुले कुनै व्यवसाय शुरु गर्ने भएमा,…

अन्य सेवाहरु

  • १. संस्थाका कर्मचारीहरुद्धारा  हरेक सदस्यहरुको घर र पसलमा गएर बचत रकम संकलन गर्ने व्यवस्था मिलाइएको छ ।
  • २. तपाइलाई बचत रकम चाहिएको वखतमा संस्थाका कर्मचारीहरुद्धारा नै तपाइको घर वा पसलमा भूक्तानी दिने व्यवस्था मिलाइएको छ । तपाइ आफैं कार्यलयमा आएर पनि आवश्यक रकमकाे भुक्तानी लिनसक्नुहुनेछ ।
  • ३. विना धितो विद्युतिय उपकरणहरु जस्तै मोवाइल, कम्प्युटर, टि.भि., फ्रिज, लुगा धुने मेसिन, फर्निचर जस्ता सदस्यहरुको आवश्यकीय वस्तुहरु खरीद गर्नको लागि कर्जा प्रवाह गरिने छ ।
  • ४. शेयर सदस्यहरूलाइ कर्जा सापटी रकम सामुहिक जमानीमा पनि दिन सकिनेछ ।
  • ५. सदस्यहरुलाई आकर्षक र पारदर्शी सेवा प्रदान गर्नकालागि सम्पुर्ण कार्यहरु कम्प्युटर प्रणालीबाट गरिने व्यवस्था गरिएको छ ।
  • ६. सदस्यहरुले राख्नुभएकाे निक्षेप रकमकाे दैनिक हिसावमा व्याज प्रदान गरिने छ, नकि मासिकमा गरिनेछैन ।
  • ७. सदस्यहरुलाई कर्जा उपलव्ध गराउदा समयानुकुल सक्दो सरल र घटदाे व्याजमा कर्जा उपलव्ध गराइने ब्यवस्था छ ।
  • ८. कर्जा कर्जा दैनिक या मासिक किस्तामा दिने व्यवस्था मिलाइएको छ ।
  • ९. ठुलो कर्जा धितोमा मात्र र सामुहिक जमानीमा दिइने व्यवस्था गरिएको छ।
  • १०. संस्थाले एस.एम.एस. बैकिङ (SMS Banking), मोवाइल बैकिङ जस्ता सेवाहरु प्रदान गर्दै आएको छ ।
  • ११. संस्थाले आफ्ना सदस्यहरुको हितको लागि विभिन्न रेमिट सेवाहरु उपलव्ध गराउदै आएको छ ।
  • १२. सवै सदस्यहरुको जीवन वीमा गराइ सो को माध्यमबाट बचत गराइनेछ ।
  • १३. कुनै कुराहरू बुझनुपरेमा 9818117840 मा सम्पर्क गर्न सक्नु हुनेछ ।